लारीजानीको मृत्युबारे के भन्यो इरानले?

हिमाल प्रेस ४ चैत २०८२ २१:२० | Wednesday, March 18, 2026
22
SHARES
लारीजानीको मृत्युबारे के भन्यो इरानले?

काठमाडौँ- इरानको विदेश मन्त्रालयले इजरायली आक्रमणमा मारिएका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।

इजरायली आक्रमणमा परेर बुधबार आफ्नो राष्ट्रिय सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको इरानले पुष्टि गरेको हो।

इजयारलले लारिजानीको मृत्यु भएको मंगलबार नै घोषणा गरे पनि इरानले आफ्नो धारणा सार्वजनिक गरेको थिएन। इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोजेर छोड्ने दाबी गरेको थियो।

लारिजानीको मृत्यु इरानका लागि ठूलो झड्का हो। अमेरिकी–इजरायल आक्रमणमा करिब तीन साताअघि मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको थियो। यसका साथै इरानी युद्ध रणनीतिमा समेत उनले विशेष भूमिका वहन गरेका थिए।

इरानी संसदका सभामुख बागर गलिवाफले ‘स्ट्रेट अफ हर्मुज’ मा पानी जहाज युद्धपूर्वको मापदण्डमा नफर्कने वाचा गरेलगत्तै सोमबारदेखि मंगलबार बिहानसम्म इरानको राजधानी तेहरानमा भएको व्यापक हवाई आक्रमणमा लारिजानीको मृत्यु भएको थियो।

इरानको विदेश मन्त्रालयले भनेको छ,‘अली लारिजानीसँगै उनका छोरा मुर्तजा लारिजानी, आन्तरिक सुरक्षाका उपसचिव अलिरेजा बयात र सुरक्षाकर्मीहरू पनि ‘आतंककारी’ आक्रमणमा सहिद भएका छन्।’

प्रकाशित: ४ चैत २०८२ २१:२० | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast