सीजीले ल्यायो टीसीएलको सिलिङ क्यासेट एसी, यस्ता छन् विशेषता

हिमाल प्रेस ४ चैत २०८२ १९:१८ | Wednesday, March 18, 2026
सीजीले ल्यायो टीसीएलको सिलिङ क्यासेट एसी, यस्ता छन् विशेषता

काठमाडौँ-  सीजी इलेक्ट्रोनिक्सले टीसीएलको सिलिङ क्यासेट स्प्लिट एअर कन्डिसनर बजारमा ल्याएको छ। कम्पनीका अनुसार छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८ वे एयर आउटलेट प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्नेछ।

यसमा इन्भर्टर प्रविधि, एकदमै न्यून ध्वनि र हेभि फिल्टर जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ। साथै विल्डइन वाटर पम्प, एलइडी डिस्प्ले, रिमोट कन्ट्रोलर, टाइमर र पावर डाउन मेमोरीलगायतका विशेषता पनि रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार यी एसीहरू १ टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन्।

प्रकाशित: ४ चैत २०८२ १९:१८ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast