काठमाडौँ- एलजी इलेक्ट्रोनिक्सले नेपाली घरपरिवारका लागि लक्षित गर्दै नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC) श्रृंखला नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो नयाँ श्रृंखला सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा सार्वजनिक गरिएको हो।
काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उत्पादन सार्वजनिक गरिएको थियो। कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उत्पादनको औपचारिक अनावरण गरेका थिए।
नयाँ एसी श्रृंखलाको प्रमुख विशेषता “किलोवाट म्यानेजर” प्रविधि हो। यसले उपभोक्तालाई विद्युत् खपत नियन्त्रण गर्न सहयोग गर्छ। यस प्रणालीमार्फत प्रयोगकर्ताले आफ्नो ऊर्जा खपत सीमा निर्धारण गर्न, वास्तविक समयमा विद्युत् उपयोग अनुगमन गर्न र अत्यधिक खपतबारे सूचना प्राप्त गर्न सक्छन्।
एलजीका अनुसार यो प्रविधिले विद्युत् बिल नियन्त्रणमा मद्दत गर्दै ऊर्जा दक्षता र खर्च व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखेको छ।
डुअल इन्भर्टर कम्प्रेसरयुक्त यो एसीले परम्परागत मोडेलको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत र ४० प्रतिशत छिटो शीतलन प्रदान गर्ने दाबी गरिएको छ। कनभर्टिबल ५-इन-१ मोडले प्रयोगकर्तालाई आवश्यकता अनुसार कूलिङ क्षमता परिवर्तन गर्ने सुविधा दिन्छ।
नयाँ मोडेलमा “फ्रिज क्लिन” सुविधा पनि समावेश गरिएको छ। यसमा इभापोरेटरमा जमेको धुलो र ब्याक्टेरिया बरफ प्रक्रियामार्फत सफा गरी ९९ प्रतिशतसम्म अशुद्धि घटाउने दाबी गरिएको छ।

नेपालको भौगोलिक र विद्युत् अवस्थालाई ध्यानमा राखेर गोल्ड फिन+एन्टि–कोरोसन कोटिङ, १००% कपर ट्युब र स्टेबलाइजर–फ्री सञ्चालन जस्ता विशेषता पनि समावेश गरिएको छ।
कार्यक्रममा बोल्दै सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ महाप्रबन्धक गौरव हमालले नयाँ प्रविधिले नेपाली उपभोक्तालाई ऊर्जा व्यवस्थापन र खर्च नियन्त्रणमा ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे।




