नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना नियुक्त

हिमाल प्रेस २९ फागुन २०८२ ७:३२ | Friday, March 13, 2026
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना नियुक्त

काठमाडौँ- इटालियन गुग्लिएलमो एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। दुई साताअघि नै नेपाल आइसकेका एरिनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो। एरिनाले एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गरे।

स्विट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन्। एएफसी प्रो-लाइसेन्स प्रशिक्षक उनीसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ। उनले पछिल्लो पटक लाओसको सिनियर र युवा राष्ट्रिय टोली सम्हालेका थिए।

एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ।

प्रकाशित: २९ फागुन २०८२ ७:३२ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast