यी छ दल बने यसपटक राष्ट्रिय पार्टी

हिमाल प्रेस २७ फागुन २०८२ ७:०६ | Wednesday, March 11, 2026
14
SHARES
यी छ दल बने यसपटक राष्ट्रिय पार्टी फागुन २१ गते मतदान गर्दै मतदाता। फाइल तस्बिर

काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मंगलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं हुने निश्चित भएको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यता सम्बन्धी व्यवस्था छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो व्यवस्था अनुसार प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म कुल १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एमालेले १४ लाख ४८ हजार ३१८ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतका साथ चौथो स्थानमा देखिएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २९ हजार १९७ मत खसेको छ ।

प्रकाशित: २७ फागुन २०८२ ७:०६ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast