दुईपल्ट माछा मारेर बाहिर निस्किए, तेस्रो पटक मार्न जाँदा डुबे

हिमाल प्रेस २७ फागुन २०८२ ६:४० | Wednesday, March 11, 2026
10
SHARES
दुईपल्ट माछा मारेर बाहिर निस्किए, तेस्रो पटक मार्न जाँदा डुबे

सप्तरी- सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो।

राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रो पटक पुनः माछा मार्ने क्रममा डुबेको स्थानीयवासीले जनाएको छ।

पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो। करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको छ।

प्रकाशित: २७ फागुन २०८२ ६:४० | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast