जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

हिमाल प्रेस २६ फागुन २०८२ ७:१७ | Tuesday, March 10, 2026
10
SHARES
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ प्रतीकात्मक तस्बिर।

सप्तरी- सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागी फरार रहेका कैदीलाई सप्तरीको कञ्चनरुप नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ घोघनपुरका ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियाँ रहेका छन्। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाउनु भएका मियाँलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर नगरपालिका वडा नम्बर ७ बलुवा टोलमा लुकीछिपी बसेको अवस्थामा आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।

पक्राउ परेका मियाँलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पुनः झुम्का कारागार, सुनसरी पठाइएको उनले बताए।

प्रकाशित: २६ फागुन २०८२ ७:१७ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast