काठमाडौँ- सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् । गुप्ता सुशीला कार्की मन्त्रिपरिषद्मा खेलकुद मन्त्री बनेका थिए।
उनले राजीनामा दिएर चुनाव लडे। गुप्ताका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए ।
नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत पाए भने नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ मत पाए । त्यस्तै जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत पाए ।
प्रकाशित: २४ फागुन २०८२ ८:४१ | Sunday, March 8, 2026
प्रतिक्रिया





