काठमाडौँ- जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन्।
उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए।
निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत पाएका छन्।
यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राघब कार्कीले २ हजार ४७१ मत पाए।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ।
प्रकाशित: २३ फागुन २०८२ १५:२० | Saturday, March 7, 2026
प्रतिक्रिया





