काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कमजोर देखिएको छ। देशभरका १६५ निर्वाचन क्षेत्र मध्ये नेकपाले हालसम्म ३ क्षेत्रमा मात्रै अग्रता कायम गरेको छ।
रुकुम पूर्व-१ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ हजार ३९८ मतान्तरले अगाडि छन्। कालीकोट-१ मा महेन्द्रबहादुर शाही ८३३ मतले अग्रस्थानमा छन् भने म्याग्दी-१ मा अर्जुनबहादुर थापा २०१ मतले अघि रहेका छन्।
अन्य अधिकांश क्षेत्रमा भने नेकपा उम्मेदवार पछाडि परेका छन्।
प्रकाशित: २२ फागुन २०८२ ११:२९ | Friday, March 6, 2026
प्रतिक्रिया





