कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी प्रतिनिधिका माग

हिमाल प्रेस १४ फागुन २०८२ ११:४५ | Thursday, February 26, 2026
14
SHARES
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी प्रतिनिधिका माग उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की।

काठमाडौँ- जेनजी जनआन्दोलनका प्रतिनिधिहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार र सञ्चारमाध्यमलाई जोडदार अपिल गरेका छन्।

गत भदाै २३ र २४ गते भएको आन्दोलनका क्रममा ७६ जनाको गैरन्यायिक हत्या र २,२१३ जना घाइते भएको घटनामा न्याय सुनिश्चित गर्न गठित आयोगको म्याद पटक-पटक थपिएकोमा उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

भ्रष्टाचार निवारण र डिजिटल स्वतन्त्रताका लागि भएको सो आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ को निर्वाचन लगत्तै फागुन २२ भित्रै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरूले  आज प्रधानमन्त्रीलाई खबरदारीपूर्ण मागपत्र बुझाउने तयारी गरेका छन्।

विगतका मल्लिक, रायमाझी र लाल आयोगका प्रतिवेदन जस्तै यो प्रतिवेदन पनि ओझेलमा परेमा पुनः सडकमा आउने चेतावनी दिँदै उनीहरूले सञ्चारमाध्यमलाई न्यायको पक्षमा सशक्त आवाज उठाइदिन र दण्डहीनता विरुद्ध खोजपरक रिपोर्टिङ गर्न हार्दिक आग्रह गरेका छन्।

प्रकाशित: १४ फागुन २०८२ ११:४५ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast