हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक वीरगन्जमा भेटियो

हिमाल प्रेस १३ फागुन २०८२ १३:२४ | Wednesday, February 25, 2026
12
SHARES
हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक वीरगन्जमा भेटियो तस्बिर एआईको सहयोगमा

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक वीरगन्जमा भेटिएको छ। पर्साको वीरगन्ज महानगरपालिका-१३ स्थित प्रतिमा चोकमा ग्यारेजमा बनाउँदै गरेको अवस्थामा प्रहरीले ग २ ख ८९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

यो ट्रकले बुधबार बिहान ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो। ट्रकको ठक्करले गम्भीर घाइते मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सञ्जित स्याङ्तान र १८ वर्षीय अमोश थिङको उपचारको क्रममा मृत्यु भएको थियो।

सीसीटीभी फुटेजलगायत अनुसन्धानबाट सोही ट्रकले ठक्कर दिएको खुलेको र मर्मत गर्दै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाकारी दिएको छ। फरार चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: १३ फागुन २०८२ १३:२४ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast