मदिरा प्रयोग गरेर सवारी चलाउने नागढुंगाबाट ७ नियन्त्रणमा

हिमाल प्रेस १० फागुन २०८२ ९:०८ | Sunday, February 22, 2026
6
SHARES
मदिरा प्रयोग गरेर सवारी चलाउने नागढुंगाबाट ७ नियन्त्रणमा फाइल तस्बिर

काठमाडौँ- लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको नागढुंगामा गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

नियन्त्रणमा लिइएकाहरूमा हाइसका चालक तीन जना, बस चालक दुई जना, ट्रक चालक एक जना र पिकअप भ्यानका चालक एक जना छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १० फागुन २०८२ ९:०८ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast