पर्सा प्रहरीले मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने

हिमाल प्रेस ९ फागुन २०८२ ७:१३ | Saturday, February 21, 2026
12
SHARES
पर्सा प्रहरीले मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ। डीएसपी हरिबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सीसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिए।

कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सीसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ। डीएसपी बस्नेतका अनुसार सीसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने दाबी गरे।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मककार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ।

प्रकाशित: ९ फागुन २०८२ ७:१३ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast