सर्लाहीमा गोली लागेर एक किशोर घाइते

हिमाल प्रेस ७ फागुन २०८२ १५:५३ | Thursday, February 19, 2026
14
SHARES
सर्लाहीमा गोली लागेर एक किशोर घाइते

सर्लाही- सर्लाहीको सदरमुकाम मलंगवामा आज (बिहीबार) गोली लागेर एक किशोर घाइते भएका छन्। मलंगवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएका हुन्।

मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा उनलाई गोली लागेको हो। उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको वस्तु खोली हेर्दा पेस्तोल भेटिएको र सो पेस्तोल नक्कली होला भनी चलाउने क्रममा पड्किँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।

घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ। गत आइतबार फागुन ३ गते राति मलंगवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सबइञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो।

उक्त घटनामा प्रयोग भएको हतियार पनि हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रकाशित: ७ फागुन २०८२ १५:५३ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast