रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने, महाशिवरात्रिमा गरिन् दुई पोस्टर सार्वजनिक

हिमाल प्रेस ३ फागुन २०८२ १२:४५ | Sunday, February 15, 2026
26
SHARES
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने, महाशिवरात्रिमा गरिन् दुई पोस्टर सार्वजनिक

काठमाडौँ- अभिनेत्री तथा फिल निर्देशक रेखा थापाले नयाँ फिल्म बनाउने भएकी छन्। उनले आफ्नो तेस्रो निर्देशकीय फिल्मको नाम घोषणा गरेकी छन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन्।

तेस्रो फिल्मको नाम ‘माया भनेकै यस्तो होला’ राखिएको छ। महाशिवरात्रिको अवसरमा काठमाडौँमा कार्यक्रम गर्दै फिल्मको नाम घोषणा गरिएको हो।

उनले फिल्मकाे दुई पाेस्टर सार्वजनिक गरेकी छन्। एक पोस्टरमा त्रिकोणात्मक प्रेम देखाइएको छ भने अर्कोमा बाबु र छोराबीचको आत्मीय प्रेम दर्शाउन खोजिएको छ।

यद्यपी अभिनेत्री रेखाले फिल्म अहिलेको समाज रसामाजिक परिवेशमा कथामा बन्ने बताएकी छन्।

फिल्मका लेखक ध्रुव लम्साल हुन्। निर्मातामा हरि नारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ छन्। फिल्म दिया एन्ड अमुको प्रस्तुतीमा बन्न लागेको हो।

प्रकाशित: ३ फागुन २०८२ १२:४५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast