समर्थकद्वारा पूर्वराजा शाहलाई स्वागत

हिमाल प्रेस १ फागुन २०८२ १४:४२ | Friday, February 13, 2026
18
SHARES
समर्थकद्वारा पूर्वराजा शाहलाई स्वागत

काठमाडौँ- लामो समयको झापा बसाईपछि काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।

शुक्रबार काठमाडौँ फर्किएपछि पूर्वराजा शाहलाई ठूलो संख्यामा उपस्थित भएका समर्थकहरुले विमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरुले शाहलाई स्वागतका लागि विमानस्थल पुग्न आह्वान समेत गरेको थियो।

प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि ठूलो संख्यामा राजसंस्था समर्थकहरु स्वागतका लागि पुगेका थिए। उनीहरुले राजसंस्था समर्थित नारा लगाएका थिए।

पूर्वराजा शाह शुक्रबार हेलिकप्टरमार्फत झापाबाट काठमाडौँ आएका हुन्।

प्रकाशित: १ फागुन २०८२ १४:४२ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast