सुरक्षितरूपमा निर्वाचन सम्पन्न गर्न पृतनापतिहरूलाई प्रधानसेनापतिको निर्देशन

हिमाल प्रेस २८ माघ २०८२ १९:०९ | Wednesday, February 11, 2026
6
SHARES
सुरक्षितरूपमा निर्वाचन सम्पन्न गर्न पृतनापतिहरूलाई प्रधानसेनापतिको निर्देशन

काठमाडौँ- जंगीअड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक आज (बुधबार) सम्पन्न भएको छ। बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए।

साथै उनले सकलदर्जाको सामूहिक भावना तथा एकढिक्कापनलाई कायम राख्दै एकीकृत सुरक्षा योजना-२०८२ अनुसार अन्य सुरक्षा निकाय एवं सबै सरोकारवालाहरूसँग समन्वयात्मक रूपमा कार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिए।

बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयहरूमा समेत छलफल गरिएको थियो।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीबृन्द लगायत अधिकृतहरूको उपस्थिति थियो।

प्रकाशित: २८ माघ २०८२ १९:०९ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast