‘फ्रेन्च किस’ मा भित्रिइन् अभिनेत्री रेखा

हिमाल प्रेस २८ माघ २०८२ ११:१६ | Wednesday, February 11, 2026
20
SHARES
‘फ्रेन्च किस’ मा भित्रिइन् अभिनेत्री रेखा

काठमाडौँ- फिल्म ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा भित्रिएकी छन्। निर्माण पक्षले अभिनेत्री थापालाई फिल्ममा अनुबन्ध गरेको हो।

रेखाको भित्रिएसँगै फिल्म थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने कार्यकारी निर्माता सौगात बस्नेतले बताए।

‘रेखा थापा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ। उहाँको दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताले हाम्रो फिल्म थप सशक्त हुने विश्वास छ,’ कार्यकारी निर्माता बस्नेतले भने।

‘फ्रेन्च किस’ मा रेखाको फरक प्रस्तुत दर्शकले हेर्न पाउने उनको दाबी छ।

केही दिन अघिदेखि चितवनका विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ। फिल्म सुदीप बरालले छायांकन गरिरहेका छन्।

फिल्म नयाँ पुस्ता केन्द्रित प्रेम कथामा बनेको छ। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ।

अभिनेता समेत रहेका अर्पण थापाले फिल्म निर्देशन गर्दैछन्। फिल्ममा अर्पण स्वयं र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छन्।

प्रकाशित: २८ माघ २०८२ ११:१६ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast