पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’

हिमाल प्रेस २४ माघ २०८२ ६:४८ | Saturday, February 7, 2026
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो। तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ- पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ शुक्रबारदेखि सुरु भएको छ ।

तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रूपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेद विद्याश्रममा आजदेखि आगामी फागुन ४ गतेसम्म महायज्ञ जारी रहने छ ।

महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रूपमा सुरु गरिएको डा रुद्रानन्द ब्रह्मचारी बताए । जहाँ देवी ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने उनले जानकारी दिए ।

प्रकाशित: २४ माघ २०८२ ६:४८ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast