तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन्।
भेटका अवसरमा दुुवै जनाबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन्।
प्रकाशित: २१ माघ २०८२ १८:२३ | Wednesday, February 4, 2026
प्रतिक्रिया



