काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी टी २० विश्वकपअन्तर्गत पहिलो वार्मअप खेल खेल्दैछ। नेपालले आज यूएईविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्दैछ। खेल साँझ सवा ५ बजेदेखि सुरु हुने छ।
यसपछि नेपालले अर्को वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ। यो खेल दिउसो सवा ३ बजेदेखि सुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।
नेपालको समूह स्कटल्यान्ड, इंग्ल्यान्ड, इटाली र वेष्ट इन्डिज रहेका छन्। नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने छ। नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ।



