बारबर्दिया नगरपालिका इन्जिनियर घुससहित पक्राउ

हिमाल प्रेस १५ माघ २०८२ २१:०६ | Thursday, January 29, 2026
18
SHARES
बारबर्दिया नगरपालिका इन्जिनियर घुससहित पक्राउ

काठमाडौँ- बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ परेका छन्।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्ल घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो।

विद्यालयको भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै मल्ले सेवाग्रहीसँग एक लाख पचास हजार घुस माग गरेको अख्तियारले जनाएको छ।

सेवाग्रहीसँग घुस रकम लिइरहेको अवस्थामा मल्लाई नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ। उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १५ माघ २०८२ २१:०६ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast