विप्लव भन्छन् : प्रचण्डले एकताको कुरा गर्नु ‘बासी, जालझेल र असफल हुइयाँ’बाहेक अरू होइन

हिमाल प्रेस १५ माघ २०८२ ८:४५ | Thursday, January 29, 2026
24
SHARES
विप्लव भन्छन् : प्रचण्डले एकताको कुरा गर्नु ‘बासी, जालझेल र असफल हुइयाँ’बाहेक अरू होइन

काठमाडौँ- बुधबार सार्वजनिक मन्चबाट एकतामा आउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आह्वानलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कडा जबाफ फर्काएका छन्। प्रचण्डले आत्मसमीक्षासहित विप्लवलाई एकतामा आउन अनुरोध गरेका थिए। तर विप्लवले प्रचण्डले गर्ने एकताको कुरा जालझेलको बासी र असफल हुइयाँ मात्र भएको टिप्पणी बताएका छन्।

सामाजिक सञ्जालमा बिहीबार स्टाटस लेख्दै विप्लवले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता तथा माले–माओवादी पार्टीको सुदृढीकरण नै आफ्नो पार्टीको नीति रहेको बताएका छन्।

उनले चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा बारम्बार प्रयोग भइसकेको, काम नलाग्ने जालझेल मात्र भएको आरोप लगाएका छन् । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टिएका हुतिहारा मात्र पर्ने उनको भनाइ छ।

विप्लवले अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको समेत दाबी गरेका छन्। आउने भविष्यले यो कुरा साबित गर्ने उनको भनाइ छ ।

 

प्रकाशित: १५ माघ २०८२ ८:४५ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast