नेविसंघको केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा अमृत कार्की

हिमाल प्रेस १५ माघ २०८२ ७:४३
20
SHARES
नेविसंघको केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा अमृत कार्की

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा अमृत कार्की मनोनीत भएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संघको विधान २०२७ को सातौँ संशोधन २०७५ को भाग ८ धारा २७ बमोजिम कार्कीलाई यस जिम्मेवारीमा मनोनीत गरेका हुन् ।

​कञ्चनपुरका कार्की यसअघि नेविसंघका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। पत्रमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउनुहुनेछ भन्ने विश्वास लिइएको छ।’

नवनियुक्त संयोजक कार्कीलाई अध्यक्ष शेर्पाले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । उनको मनोनयनले संघको सांगठनिक र प्रचारको कामले थप उचाइ लिने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १५ माघ २०८२ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast