रूपन्देहीमा घनश्याम भुसाल र जनार्दन शर्माको पार्टीबीच तालमेल

हिमाल प्रेस १५ माघ २०८२ ६:३९
56
SHARES
रूपन्देहीमा घनश्याम भुसाल र जनार्दन शर्माको पार्टीबीच तालमेल

बुटवल- रूपन्देहीमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी चुनावी तालेमल गर्ने सहमति भएको छ। रूपन्देही घनश्याम भुसालको गृह जिल्ला हो।

दुई पार्टीका जिल्ला समितिबीच भएको द्विपक्षीय छलफल र सहमति अनुसार रूपन्देही जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी बाँडफाँट गरिएको छ।

सहमतिअनुसार रूपन्देही निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं ४ मा नेकपा (संयुक्त) का उम्मेदवारलाई प्रलोपाले सहयोग गर्नेछ। क्षेत्र नम्बर २ र ५ मा प्रलोपाका उम्मेदवारलाई नेकपा संयुक्तले सघाउने निर्णय भएको छ ।

निर्वाचन क्षेत्र नं ३ को हकमा भने दुवै पार्टीले मैत्रीपूर्ण समझदारीका आधारमा उम्मेदवारी दिने सहमति गरेका छन्।

विशेष गरी निर्वाचन क्षेत्र नं १ मा देखिएको नेकपा (संयुक्त) का तर्फबाट रामचन्द्र भट्टराई सहयोग गर्न पार्टीगत सहमतिअनुसार अब श्रीबहादुर कुँवर निष्क्रिय रहनेछन्। उक्त सहमतिपत्रमा नेकपा संयुक्त रूपन्देहीका अध्यक्ष हीराध्वज शाह र प्रलोपाका रूपन्देही अध्यक्ष कृष्ण कुमार बन्जाडेले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित: १५ माघ २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast