रास्वपाले फागुन पहिलो साता वाचापत्र सार्वजनिक गर्ने

हिमाल प्रेस १३ माघ २०८२ १९:२७ | Tuesday, January 27, 2026
28
SHARES
रास्वपाले फागुन पहिलो साता वाचापत्र सार्वजनिक गर्ने रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- रास्वपाले फागुन पहिलो साता आफ्नो वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रवक्ता मनिष झाका अनुसार अहिले वाचापत्रको काम भइरहेको छ।

रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र मस्यौदा कार्यदल बनाएको छ। कार्यदलमा नेताहरू डा. नन्द यादव, डा. अरनिको पाँडेलगायत छन्।

रास्वपाले वाचावपत्रका लागि सुझावहरू पनि संकलन गरिरहेको छ। भौगोलिक, व्यावसायिक क्षेत्रगत साथै दलको संयन्त्रबाट सुझाव संकलन गरेर मस्यौदाको काम भइरहेको प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित: १३ माघ २०८२ १९:२७ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast