पुरानाले दलले गरेको विकृति नयाँ भनिएकाहरूले पनि दोहोर्‍याए : कुलमान

हिमाल प्रेस १३ माघ २०८२ १७:४५ | Tuesday, January 27, 2026
20
SHARES
पुरानाले दलले गरेको विकृति नयाँ भनिएकाहरूले पनि दोहोर्‍याए : कुलमान

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन्।

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौँ सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताएका हुन्।

उनले यसअघिको निर्वाचनमा पुराना दलहरूले गरेको विकृति र विसंगतिलाई अहिले नयाँ भनिएका दलहरूले दोहर्‍याएको देख्दा दु:ख लागेको उल्लेख गरे। उनले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेदवारहरूले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा राखे।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए।

प्रकाशित: १३ माघ २०८२ १७:४५ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast