छ महिनामा वीरगन्जबाट ९० अर्ब छ करोडको पेट्रोलियम पदार्थ भित्रियो

हिमाल प्रेस १३ माघ २०८२ ९:१३ | Tuesday, January 27, 2026
6
SHARES
छ महिनामा वीरगन्जबाट ९० अर्ब छ करोडको पेट्रोलियम पदार्थ भित्रियो

पर्सा- वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगन्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने रु ३७ अर्ब ८५ करोड राजस्व संकलन भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ। जबकि गत आवको छ महिनामा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व संकलन भएको थियो।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा रु ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा रु १९ अर्ब ८५ करोड राजस्व संकलन भएको छ। त्यसैगरी सोही अवधिमा रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा रु १३ अर्ब ८२ करोड राजस्व संकलन भएको छ।

रु १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा रु दुई अर्ब ७७ करोड राजस्व संकलन भएको छ।

 

प्रकाशित: १३ माघ २०८२ ९:१३ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast