जनकपुर पुगे ज्ञानेन्द्र शाह

हिमाल प्रेस १३ माघ २०८२ ७:५१ | Tuesday, January 27, 2026
8
SHARES
जनकपुर पुगे ज्ञानेन्द्र शाह

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सपरिवार पूजापाठ गरेका छन्।

पूर्वराजा शाह आइतबार साँझ सडक मार्गबाट जनकपुरधाम पुगेका थिए। सोमबार दिउँसो उनले जानकी मन्दिरको साथै राम मन्दिरको पनि भ्रमण गरी विशेष पूजाअर्चना गरेका छन्। मन्दिर प्रांगणमा पूर्वराजाको स्वागतमा ठूलो संख्यामा राजावादी समर्थकहरूको उपस्थिति रहेको थियो।

समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। यो भ्रमण निजी तथा धार्मिक उद्देश्यले भएको बताइएको छ।

प्रकाशित: १३ माघ २०८२ ७:५१ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast