भारतीय दूतावासले मनायो ७८ औँ सेना दिवस

हिमाल प्रेस ९ माघ २०८२ २१:४६ | Friday, January 23, 2026
10
SHARES
भारतीय दूतावासले मनायो ७८ औँ सेना दिवस

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले ७८ औँ भारतीय सेना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

दूतावास परिसरमा आयोजना गरिएको कार्यक्रममा दुई देशबीचको ऐतिहासि सैन्य सम्बन्ध र गोर्खा सैनिकहरूको योगदानलाई स्मरण गरियो।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल मुख्य अतिथिका रुपमा सहभागी भएका थिए। यस अवसरमा प्रधानसेनापति सिग्देलले भारतीय सेनालाई ७८ औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरे।

समारोहलाई सम्बोधन गर्दै भारतीय दूतवासका कार्यवाहक राजदूतले भारतीय सेनाा कार्यरत वीर गोर्खा सैनिकहरूको साहस र बलिदानको प्रशंसा गरे।

कार्यक्रममा दुई देशका सैनय अधिकारी, कूटनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ माघ २०८२ २१:४६ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast