मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

हिमाल प्रेस ९ माघ २०८२ १५:१५ | Friday, January 23, 2026
16
SHARES
मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ–रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

शुक्रबार गौर–पिपरा भित्री सडकखण्डमा गंगापिपराबाट गौरतर्फ जाँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल चालक रौतहटकै दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बीआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल चालक रौतहटकै राजदेवी नगरपालिका–२ हजमिनियाका र २९ वर्षीय अरबिन्द महतो रहेका छन्।

प्रकाशित: ९ माघ २०८२ १५:१५ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast