काठमाडौँ- नइ एकेडेमीले आगामी चैतमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ।
एकेडेमीले आगामी चैत २७ देखि २९ गतेसम्म सम्मेलन आयोजना गर्न लागेको हो।
एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सम्मेलनमा नेपाली भाषा साहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने बताए।
उनका अनसार नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी र सल्लाहकार प्रा.केशव सुवेदी रहेको एकेडेमीले जनाएको छ।
प्रकाशित: ७ माघ २०८२ २०:५४
प्रतिक्रिया




