गगन थापाले सर्लाही रोजेपछि मात्रै उम्मेदवार बन्न राजी भए राजन भट्टराई

हिमाल प्रेस ७ माघ २०८२ ७:०२ | Wednesday, January 21, 2026
36
SHARES
गगन थापाले सर्लाही रोजेपछि मात्रै उम्मेदवार बन्न राजी भए राजन भट्टराई

काठमाडौँ- काठमाडौं–४ मा एमाले सचिव डा. राजन भट्टराई उम्मेदवारी दिएका छन्। उनले हिजो ढिलागरी (साढे ३ः३० बजे) उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि एमालेले यो क्षेत्र होल्डमा राखेको थियो। कांग्रेस सभापति सभापति गगन थापा उम्मेदवार नहुने भएपछि राजन भट्टराई उम्मेदवार बनेका हुन्। यो क्षेत्र एमालेको गढ भए पनि गगनले लोकप्रिय मतकै आधारमा जित्ने गरेका थिए। गगनले ३ पटक जित्दा दुई पटक राजन हारेका थिए।

यसपटक पनि राजन चुनाव नलड्ने बताएपनि थापा सर्लाही–४ बाट उम्मेदवारी दिएपछि राजनले उम्मेदवार बनेका हुन्। एमालेका एक नेताका अनुसार गगनले सोही क्षेत्रमा उम्मेदवारी नदिने भएपछि मात्र राजन उम्मेदवार बन्न चाहेका थिए। यसअईप नै राजन पार्टी कार्यक्रममा लाग्ने, चुनाव नलड्ने बताएका थिए।

यहाँ कांग्रेसबाट गगन निकट सचिन तिमेल्सिना उम्मेदवार बनेका छन्।

प्रकाशित: ७ माघ २०८२ ७:०२ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast