नेपालका लागि यूएन संयोजक हानाले पाइन् रिकग्निसन अवार्ड

हिमाल प्रेस ६ माघ २०८२ १७:५० | Tuesday, January 20, 2026
16
SHARES
नेपालका लागि यूएन संयोजक हानाले पाइन् रिकग्निसन अवार्ड

काठमाडौँ- एम्बास्डर्स क्लब नेपालले नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर–हाम्दीलाई ‘रिकग्निसन अवार्ड २०२५’ बाट सम्मानित गरेको छ।

विशालनगरस्थित क्लबको कार्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हानाको विशिष्ट नेतृत्व, सेवामा समर्पण र नेपालको विकास यात्रामा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको जानकारी दिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले हानालाई अवार्ड हस्तान्तरण गरेका थिए। एम्बास्डर्स क्लब नेपालले यसै वर्षदेखि सुरु गरेको यो अवार्ड वार्षिक रूपमा राजदूत, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूलाई प्रदान गरिनेछ।

पहिलो संस्करणको यो सम्मान प्राप्त गरेपछि बोल्दै हाना सिंगर–हाम्दीले नेपाललाई आफ्नो ‘माइतीघर’ को रूपमा सम्बोधन गरिन्। सन् १९९७ देखि नेपाल आउन थालेकी उनले ५४ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेको र नेपालमा करिब ६ वर्ष बसेर काम गरेको अनुभव सुनाउँदै नेपालीहरूको आत्मीयतालाई नेपालको जादूको रूपमा व्याख्या गरिन्।

प्रकाशित: ६ माघ २०८२ १७:५० | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast