पूर्णबहादुर खड्काले भने – सर्वोच्च अदालतको निर्णय मान्य हुनेछ

हिमाल प्रेस ४ माघ २०८२ २१:०२
36
SHARES
पूर्णबहादुर खड्काले भने – सर्वोच्च अदालतको निर्णय मान्य हुनेछ

काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रूख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न नसकिने बताएका छन्। देउवा पक्षीय कांग्रेस नेताहरू स्वतन्त्र उम्मेदवारी दिने, नयाँ पार्टी खोल्नेलगायतका चर्चा हुन थालेपछि खड्काले यस्तो बताएका हुन्।

‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन्, जस्ता बजारमा आउका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथी, शुभेच्छुक र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्,‘रूख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न सक्दिनँ।’

कार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतको निर्णय आफूहरूलाई स्वीकार्य र मान्य हुने प्रस्ट पारेका छन्।

विशेष महाधिवेशनलाई वैधानिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयलाई चुनौति दिँदै कांग्रेस देउवा पक्षले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ। आयोगको निर्णय विधानविपरित रहेको भन्दै बदर गर्न रिटमा माग गरिएको छ। रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ। त्यही दिन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ। देउवा पक्षले अदलातको निर्णय नआएसम्म मनोनयन कार्य स्थगित गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ।

कार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

‘निर्वाचन आयोगको निर्णयका विरूद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारका लागि माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयअनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका आज हामी सर्वोच्च अदालत गएका हौँ,’ उनले भनेका छन्,‘सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ।’

प्रकाशित: ४ माघ २०८२ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast