काठमाडौँ- लोकदोहोरी गायक नरेश खाती र मेलिना राईको स्वरमा ‘कानछी’ बोलको गीत सार्वजनिक भएको छ। गीत मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीत नरेशकै शब्द र संगीतमा बनेको छ। भने एचबिएन किस्मतको संगीत संयोजन छ।
विक्रम चौहानको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा जुना विश्वकर्मा, मनोज गुरुङले अभिनय गरेका छन्। प्रेम कथामा आधारित गीतकाे भिडियो नवीन घर्तिमगरले सम्पादन गरेका हुन्।
यस्तो छ गीत
प्रकाशित: ४ माघ २०८२ १७:२६
प्रतिक्रिया



