धनुषाका निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

हिमाल प्रेस ३ माघ २०८२ ११:४४
2
SHARE
धनुषाका निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

जनकपुरधाम- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धनुषा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको अवसरमा आयोजित कार्यक्रममा गर्दै मुख्य निर्वाचन अधिकृत एवं धनुषा क्षेत्र नं ३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्र र मतदाता बारे जानकारी गराएका छन् ।

निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय धनुषाधाममा कायम गरिएको छ भने निर्वाचन अधिकृत जिम्मेवारी मनोज बराललाई दिइएको छ । यहाँ कुल १ लाख २६ हजार ४० जना मतदाता रहेका छन् भने मतदानस्थल ८५ वटा रहेको छ र मतदान केन्द्र १ सय ६३ वटा कायम गरिएको छ ।

निर्वाचन क्षेत्र नं।२ को निर्वाचन अधिकृतको कार्यालय विदेह नगरपालिकाको तीनकोरीयामा राखिएको छ । त्यहाँ निर्वाचन अधिकृतमा दामोदर रेग्मिलाई नियुक्त गरिएको छ भने सो क्षेत्रमा कुल मतदाता १ लाख ३४ हजार ८ सय २६ मतदाता रहेकोमा मतदानस्थल ८८ वटा रहेको छ र मतदान केन्द्र १७४ कायम गरिएको छ।

निर्वाचन क्षेत्र नं ३ को निर्वाचन कार्यालय जनकपुरधाममै राखिएको छ भने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतमा शुभाष राउत पुरी जिम्मेवारी दिइएको छ । क्षेत्र नं। ३ मा कुल मतदाता १ लाख २५ हजार ९ सय २७ रहेका छन् भने मतदानस्थल ७४ र मतदान केन्द्र १५५ वटा कायम गरिएको छ ।

निर्वाचन क्षेत्र नं ४ को निर्वाचन कार्यालय महेन्द्रनगरमा तोकिएको छ भने निर्वाचन अधिकृतको जिम्मेवारी पुरुषोत्म खतिवडालाई दिइएको छ। सो क्षेत्रमा १ लाख २७ हजार ७ सय ७८ मतदाता रहेकामा मतदानस्थल ७५ र मतदान केन्द्र १५३ वटा कायम गरिएको छ।

अस्थायी मतदाताहरुको नाम संकलन कार्य जारी नै रहेको मुख्य निर्वाचन अधिकृत पुरीले जानकारी दिएका छन्। उनका अनुसार धनुषाभरिमा जम्मा निर्वाचन स्थल ३ सय २२ वटा रहेको छ भने जम्मा मतदान केन्द्र ६ सय ४५ वटा रहेको छ भने ३ हजार ८ सय ७० जना कर्मचारी खटाईने छ।

प्रकाशित: ३ माघ २०८२ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast