मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति स्वीकृत

हिमाल प्रेस २९ पुष २०८२ १७:५१ | Tuesday, January 13, 2026
12
SHARES
मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौँ- सरकारले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ।

पुस २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए।

बैठकले दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत एवं नापी कार्यालय स्थापना गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले म्यानमारमा भइरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति दिने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले पञ्चवर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने र नेपाली सेनाका तीन जना महासेनानीहरुलाई सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २९ पुष २०८२ १७:५१ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast