प्रशान्त तामाङको निधनप्रति चलचित्र विकास बोर्डद्वारा शोक व्यक्त

हिमाल प्रेस २८ पुष २०८२ १६:५५ | Monday, January 12, 2026
24
SHARES
प्रशान्त तामाङको निधनप्रति चलचित्र विकास बोर्डद्वारा शोक व्यक्त

काठमाडौँ- गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति चलचित्र विकास बोर्डले शोक व्यक्त गरेको छ।

बोर्डका अध्यक्ष दिनेश डिसीले सोमबार शोक विज्ञप्ति जारी गर्दै उनको निधनले सम्पूर्ण नेपाली कला, संगीत तथा चलचित्र क्षेत्र स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।

साधारण पृष्ठभूमिबाट संघर्ष गर्दै अन्तर्राष्ट्रिय मञ्चसम्म नेपाली पहिचान स्थापित गर्न सफल प्रशान्त तामाङले आफ्नो स्वर, अभिनय र व्यक्तित्वमार्फत नेपाली भाषा, संस्कृति र नेपालीपनलाई विश्वसामु पुर्‍याएर सम्पूर्ण नेपाली भाषी समुदायका लागि प्रेरणाको प्रतीक बनेको विज्ञप्तिमा लेखिएको छ।

प्रशान्तले नेपाली फिल्म क्षेत्रमा ‘गोर्खा पल्टन’, ‘आँगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी २’ लगायत फिल्ममा अभिनय गर्नुका साथै तथा प्लेब्याक गीत गाएका थिए।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली भाषा प्रवर्द्धन, नेपाली संस्कृतिको प्रसार तथा नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानमा प्रशान्त तामाङको योगदान अतुलनीय र अविस्मरणीय रहनेछ। उहाँको स्वर, अभिनय र संघर्षपूर्ण जीवनकथा भावी पुस्ताका कलाकारहरूका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।’

दार्जिलिङमा जन्मेका तामाङ भारतीय आइडल सिजन ३ का विजेता थिए। हृदयघातका कारण ४३ वर्षको उमेरमा आइतबार (हिजो) उनको निधन भएको थियो।

रहेनन् प्रशान्त तामाङ, नेपाली कलाकारहरू मर्माहत

प्रकाशित: २८ पुष २०८२ १६:५५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast