कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल– पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगरौँ

हिमाल प्रेस २८ पुष २०८२ १५:३४ | Monday, January 12, 2026
20
SHARES
कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल– पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगरौँ

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सम्पूर्ण एकताका साथ अघि बढ्न अपिल गरेका छन्।

उनले सोमबार पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यस्तो अपिल गरेका हुन्। उनले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।’

खड्काले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको स्मरण गराएका छन्। उनले भनेका छन्, ‘अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ।’

यसैगरी उनले कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको विषम परिस्थितिकाप्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन्।

प्रकाशित: २८ पुष २०८२ १५:३४ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast