काठमाडौँ- इन्डियन आइडल सिजन ३ का विजेता तथा चर्चित गायक प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले शोक व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल एक्समा उनले राष्ट्रिय ख्याति प्राप्त कलाकार तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।
दार्जिलिङ पहाडमा प्रशान्तको पुरानो सम्बन्ध रहेको र कोलकाता प्रहरीसँग एक समयको सम्बन्धका कारण पश्चिम बंगालका बासिन्दाका लागि उनी प्रिय रहेको मुख्यमन्त्री बेनर्जीले उल्लेख गरेकी छन्।
साथै उनले प्रशान्तको परिवार, साथीभाइ र अनगिन्ती अनुयायीहरूप्रति समवेदना प्रकट गरेकी छन्।
Saddened by the sudden and untimely demise today of Prashant Tamang, the popular singer of ‘ Indian Idol’ fame and an artist of national renown.
His roots in our Darjeeling hills and one-time association with Kolkata Police made him particularly dear to us in Bengal.
I convey…
— Mamata Banerjee (@MamataOfficial) January 11, 2026
twitter.com



