प्रशान्त तामाङको निधनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गरिन् दु:ख व्यक्त

हिमाल प्रेस २७ पुष २०८२ १६:०२ | Sunday, January 11, 2026
प्रशान्त तामाङको निधनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गरिन् दु:ख व्यक्त

काठमाडौँ- इन्डियन आइडल सिजन ३ का विजेता तथा चर्चित गायक प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले शोक व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल एक्समा उनले राष्ट्रिय ख्याति प्राप्त कलाकार तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।

दार्जिलिङ पहाडमा प्रशान्तको पुरानो सम्बन्ध रहेको र कोलकाता प्रहरीसँग एक समयको सम्बन्धका कारण पश्चिम बंगालका बासिन्दाका लागि उनी प्रिय रहेको मुख्यमन्त्री बेनर्जीले उल्लेख गरेकी छन्।

साथै उनले प्रशान्तको परिवार, साथीभाइ र अनगिन्ती अनुयायीहरूप्रति समवेदना प्रकट गरेकी छन्।


twitter.com

 

रहेनन् प्रशान्त तामाङ, नेपाली कलाकारहरू मर्माहत

प्रकाशित: २७ पुष २०८२ १६:०२ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast