प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको बिदाइ भेट

हिमाल प्रेस २१ पुष २०८२ १७:०१ | Monday, January 5, 2026
22
SHARES
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको बिदाइ भेट तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाई भेटका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए।

यस क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: २१ पुष २०८२ १७:०१ | Monday, January 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast