प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता

हिमाल प्रेस १४ पुष २०८२ १८:२६ | Monday, December 29, 2025
20
SHARES
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग आज (सोमबार) राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालले  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।

त्यस अवसरमा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रियसभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेका जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast