‘कल्ली’ काे टिजरमा देवता र राक्षसको कथा

हिमाल प्रेस १३ पुष २०८२ ११:०२ | Sunday, December 28, 2025
‘कल्ली’ काे टिजरमा देवता र राक्षसको कथा

काठमाडौँ- फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा भगवान् र राक्षसको कथा प्रस्तुत गरिएको छ।

फिल्मले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ। फिल्ममा मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थिति प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

देवता पक्षले परिश्रम, मिहिनेत र इमानको भाव व्यक्त गर्छ भने राक्षस पक्षले लोभ, लालच र मोहको भाव बोकेकाे हुन्छ। फिल्म आगामी फागुनको १ देखि देशभर प्रदर्शन हुनेछ।

किरण नेपालीको निर्माणमा बनेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुनारकै कथा रहेको फिल्ममा महेश दवाडीको लेखन छ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सञ्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगर, बाल कलाकारमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडाले अभिनय गरेका छन्।

निसाल पौडेलले छायांकन गरेको फिल्म मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनबी महर्जनको एक्सन निर्देशनमा बनको छ। फिल्म लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: १३ पुष २०८२ ११:०२ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast