सहरमा आज : मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’, हलमा विदेशी फिल्मको वर्चस्व

हिमाल प्रेस १२ पुष २०८२ ७:०५
12
SHARES
सहरमा आज : मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’, हलमा विदेशी फिल्मको वर्चस्व फिल्म

काठमाडौँ- आज पुसको दोस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।समग्रमा यो साता थिएटरमा एक नाटक मञ्चन भइरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी प्रदर्शनरत छन्।

मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’

थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ देखि नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। नाटककी निर्देशक सरस्वती चौधरी हुन्। नाटक भारतीय नाटककार बादल सरकारको नाटक ‘वल्लभपुरेर रूपकोथा’ मा आधारित छ। नाटकलाई विजय विस्फोटले नेपालीमा रुपान्तरण गरेका हुन्। व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको नाटकको कथा ऋणमा डुबेका एक शाही वंशज ‘भूपति’को वरिपरि घुमेको छ।

नाटकमा कमलमणि नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्राले अभिनय गरेका छन्। नाटक पुस २७ गतेसम्म साताको प्रत्येक दिन साँझ ५ बजे र शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

हलमा कुनकुन फिल्म?

मुगलान :  फिल्म ‘मुगलान’ गत पुस १० देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक कथा निर्देशक आशिष ढकाल हुन्। फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्क बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुवेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा परदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ।

शनिबार वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल र लोत्से मलसँगै बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्मको सो छ।

झरीपछिको इन्द्रेणी :  पुस ४ देखि हलमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शन भइरहेको छ। फिल्म अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको हो। सामाजिक विषयवस्तुमा आधारित फिल्मको कथा निर्देशक घिमिरेले नै लेखेका हुन्।

निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘झरीपछिको इन्द्रेणी’ चलिरहेको अन्य हल हुन्।

परान :  दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल र लबिम मल, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल, एफक्युब सिनेमाजमा फिल्मको सो छ।

तू मेरी मैं तेरा मैं तेरा तू मेरी :  बलिउड फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्ममा कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिकामा छन्। समीर विद्धांस निर्देशित फिल्म एड्भेन्चर, कमेडी, रोमान्स जनरामा बनेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज बलिउड फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ चलिरहेको अन्य हल हुन्।

एनाकोन्डा :  हलिउड फिल्म ‘एनाकोन्डा’ पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र हरर जनरामा बनेको छ। फिल्ममा टम गोर्मिकन, पल रुड, ज्याक ब्ल्याक, स्टीव जान, थान्डीवे न्युटनलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, सिभिल मल र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिटी सिनेमाज, सिके सिनेमाजमा फिल्म चलिरहेको छ।

द स्पन्जबब मुभी :  हलिउड फिलम ‘द स्पन्जबब मुभी’ पनि पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एनिमेटेड, एड्भेन्चर र कमेडी जनरामा बनेको फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ। डेरेक ड्राइमनले निर्देशन गरेको फिल्ममा क्ल्यान्सी ब्राउन, मार्क ह्यामिल, टम केनीलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिएसआर मुभिज, बिग मुभिजमा फिल्म प्रदर्शनरत छ।

अवतारः फायर एन्ड एस :  हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, र सिभिल मलमा फिल्मको २८ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

धुरन्धर :  बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।
फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टरमा फिल्मको २४ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।

तेरे इस्क मे :  हिन्दी फिल्म ‘तेरे इस्क मे’ मंसिर १२ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता धनुष र कृति सेनन छन्। प्रेम कथामा बनेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आनन्द एल.राय हुन्। फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast