काठमाडौँ- प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ हलमा लागेको छ। क्रिसमस डेको अवसरमा आजदेखि फिल्म हलमा लागेको हो।
फिल्ममा राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथामा २०५२ सालपछिको सरकार र तत्कालीन बिद्रोही पक्ष परिवेश बनाइएको निर्माण टिमले जनाएको छ।
प्रभात र स्मारिका सहित फिल्ममा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्क बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुवेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको छ। रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गोमन सिंह हुन्।
प्रकाशित: १० पुष २०८२ ११:२५ | Thursday, December 25, 2025
प्रतिक्रिया



