चुनावमा निर्धक्क भएर सहभागी हुन राजनीतिक दलहरूलाई सरकारको आग्रह

हिमाल प्रेस ९ पुष २०८२ १४:३७
22
SHARES
चुनावमा निर्धक्क भएर सहभागी हुन राजनीतिक दलहरूलाई सरकारको आग्रह

काठमाडौँ- सरकारले चुनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ।

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरी वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो।

छलफलका क्रममा जनमतका नेताहरुले आफूहरु निर्वाचनमा जान तयार भएको र सुरक्षालगायतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए।

छलफलपछि उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउन राजनीतिक दलका कार्यलय पुगेर छलफल गरेको बताए। उनले सरकारको तर्फबाट चुनावको तयारी अगाडि बढाउन जनमतका नेताहरुले सुझाव दिएको उल्लेख गरे।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक विषय भएको बताए।

आफूहरु चुनावमा जान तयार रहेको र सुरक्षालगायतका सबै तयारीमा गम्भीर भएर लाग्न आफूले सरकारलाई सुझाव दिएको उनले जानकारी दिए।

अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशंका गर्नुपर्ने ठाँउ नदेखिएको जिकिर गरे। उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर छलफल गरेको थियो।

दलहरु र सरोकारवालासँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केही दिनअघि तीन सदस्यीय उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो। समितिमा सञ्चारमन्त्री खरेल, कानुनमन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।

प्रकाशित: ९ पुष २०८२ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast