काठमाडौँ- भारत सरकारको सहयोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भवन बन्ने भएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सेलर अविनाशकुमार सिंह र ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा आज (मंगलबार) भवनको शिलान्यास गरेका हुन्।
विद्यालय भवन चार करोडभन्दा बढीको लागतमा बन्ने दूतावासको भनाइ छ। दूतावासका अनुसार नयाँ भवन तीन र आधा तल्लाको हुनेछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
प्रकाशित: ८ पुष २०८२ २१:२७
प्रतिक्रिया




