धीरज र उपासना अभिनीत फिल्म ‘खुस्मा’ युट्युबमा सार्वजनिक

हिमाल प्रेस ८ पुष २०८२ १६:१९ | Tuesday, December 23, 2025
14
SHARES
धीरज र उपासना अभिनीत फिल्म ‘खुस्मा’ युट्युबमा सार्वजनिक

काठमाडौँ- गतवर्ष असोजमा प्रदर्शन भएको फिल्म ‘खुस्मा’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्म जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ। फिल्मका लेखक तथा निर्देशक अशोक थापा मगर हुन्। फिल्ममा समावेश गरिएको ‘रुकुम मैकोट’ बोलको गीत चर्चित छ।

फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। साथै फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतका कलाकारको अभिनय छ।

एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगरको लगानीमा बनेको थियो।

एम मिडिया प्रा‍.लि‍.को ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक अशोक थापा मगर हुन्।

यस्ताे छ फिल्म

प्रकाशित: ८ पुष २०८२ १६:१९ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast